रसुवा। केरुङमा रोकिएका थप १ सय ८१ जना नेपालीलाई बुधबार चीन सरकारले तातोपानी नाका हुँदै नेपाल पठाउने भएको छ ।
गत असार २४ गते विहान नेपाल–चीन सीमाको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि उनिहरु उतै रोकिएका थिए । यस अघि पनि साउन ७ गते २०३ जना नेपालीलाई चीन सरकारले नै तातोपानी नाका हुँदै नेपाल पठाएको थियो ।
चीन सरकारले बुधबार थप १८१ जनालाई नेपाल पठाउन लागेको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बताएका छन् । केरुङमा रोकिएका कतिपयसँग नेपाल जाने भाडा र खानाखर्च समेत नभएको सन्दर्भमा चीनको सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँगको निरन्तर समन्वय र चीन सरकारका विभन्न निकायहरु समेतको संलग्नतामा सुरक्षित तबरले नेपाल लैजाने कार्यक्रम तय भएको निरौलाले बताए ।
उनीहरुलाई चीन सरकारकातर्फबाट तातोपानी सीमानाकासम्म पुर्याइने र त्यहाँबाट नेपाली पक्षले सुरक्षित तबरले आÐआफ्नो ठाउमम्म पु¥याउने छ । मितेरी पुल बगाएपछि अहिले रसुवागढी नाका बन्द गरेको छ । चीन सरकारले मितेरी पुल निर्माणको काम सुरु गरिसकेको छ । दसैंअघि रसुवागढी नाका संचालन गर्ने गरी निर्माण कार्य भइरहेको छ ।
