रसुवा — नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट निर्वाचनमा रसुवाबाट २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न क्लस्टरमा विभाजन गरेर कुल २२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
शुक्रबार दिनभर सर्वसम्मतको प्रयास गरिएपनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया हुन लागेको हो । सर्वसम्मति प्रयासका लागि शनिबार बिहान ८ बजेसम्म थप समय तोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमाले रसुवाका अनुसार खुला समूहतर्फ सबैभन्दा बढी १३ जनाको उम्मेदवारी परेको छ ।
खुला तर्फ ४ जना निर्वाचितका लागी १३ जनाको उम्मेदवारी परेको हो । खुला तर्फ कैसाङनुर्पु तामाङ, कर्णेल तामाङ, उद्धव प्रसाद रिजाल, संकर प्रसाद न्यौपाने, सुरेन्द्र राज लम्साल, चुडामणि पौडेल, डिल्लि प्रसाद सुवेदि, पेम्बा छिरिङ तामाङ, छोवाङ तेन्जिन तामाङ, अशोक कुमार घिमिरे, कुल प्रसाद भट्ट, सुमन प्रसाद भट्ट र दावा पेम्बा तामाङ छन् ।
महिलातर्फ २ जनाको लागी ३ जनाको उम्मेदवारी परेको छ । महिलातर्फ सरिता देवि लम्साल, चमेली गुरुङ र सृजना लामाको उम्मेदवारी परेको हो । युवा कोटामा ३ जना उम्मेदवार दर्ता भएको छ । युवा तर्फ एक पदकको लागि कुमार नगरकोटि, सुरेश अधिकारी र तेम्ब्रेल तामाङको उम्मेदवारी परेको छ ।
तेस्तै दलित कोटामा १ जनाको लागि ३ जनाले उम्मेदवारी दिएका छन् । दलित तर्फ रम्जी वगाले, चमेली सुनुवार विक र भरत वगालेको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
