फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा रसुवाले सिफारिस गर्यो उम्मेदवारको नाम

रसुवा— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी रसुवाले उम्मेदवार सिफारिस गरेको छ ।

बुधबार कालिका गाउँपालिका–२ कालिकास्थानमा सम्पन्न पार्टीसम्बद्ध दलहरूको प्रदेश कमिटीका नेताहरूको बैठक तथा भेलाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रत्यक्षतर्फ कल्पना शर्मा, माधव लामिछाने, मेघनाथ घिमिरे, शिव लामिछाने, अजुर्न पौडेल, अर्जुन अगस्ती, कृष्ण न्यौपाने, नविन घिमिरे र बेन्जामिन तामाङ लगायतको नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी रसुवाका नेता मेघनाथ घिमिरेले जानकारी दिए ।

यसैगरी समानुपातिकतर्फ साङ्तेम्पा तामाङ, हरी तामाङ, गणेश बिक, शिला मगर, पासाङ थोक्रा र अर्चना लामाको नाम सिफारिस गरिएको छ। राष्ट्रिय सभातर्फ भगवती न्यौपाने र  मनबिर कामीको नाम सिफारिस गरिएको घिमिरेले बताए ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको