भोटेकोशीमा खसेर बेपत्ता भएको ईभी गाडीका चालकको पहिचान खुल्यो, खाेजीकार्य जारी

रसुवा-रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित पासाङ ल्हामु सडक खण्डमा शुक्रबार साँझ भोटेकोशी नदीमा खसेर बेपत्ता भएको गाडीका चालकको पहिचान खुलेको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रसुवाका अनुसार बेपत्ता हुने चालक जिल्ला रसुवा कालिका गाउँपालिका वडा नं. ३ बस्ने सुकु बहादुर तामाङका २२ वर्षीय छोरा सबिन तामाङ रहेका छन् ।

शुक्रबार साँझ करिब १७:४० को समयमा स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको उक्त ईभी गाडी पासाङ ल्हामु सडक खण्डबाट करिब २५ मिटर तल भोटेकोशी नदीमा खस्न गई बेपत्ता भएको थियो ।  हाल भोटेकोशीमा बेपत्ता गाडी र चालक सबिन तामाङको खोजी तथा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको