रसुवा । रसुवामा असार २४ र साउन १४ गरी तीन साताको अवधिमा दुई ठुला बाढी आए सँगै ठुलो धन जनको क्षति हुन पुग्यो । सोही समयमा आएको बाढीले उत्तर गया पाँचको खाल्टे बगरमा रहेको उत्तर गया गाउँपालिकाको भवन पनि बाढीका कारण कार्यालय भवन सहित बस्ती जोखिममा परे पछि गाउँपालिकाले काम गर्दै आएको मुख्य प्रशासकीय भवन अन्ततः सर्नु परेको हो ।
चीनको तिब्बत क्षेत्रमा रहेको ल्हेन्दे खोलामा आएको आकस्मिक बाढीका कारण त्रिशूली नदीको किनारमा रहेको रसुवाको उत्तर गया गाउँपालिकाको प्रशासनिक भवन अन्यत्र सार्नु परेको हो ।
नदीको किनारमै रहेको भवनमा बाढीको बढ्दो प्रभावका कारण डुबान र कटान बढे पछि गाउँपालिकाले सेवाग्रहिहरुको सुरक्षाका लागि प्रशासकीय कार्यालय भवन सारिएको जनाएको छ ।
