रसुवा । नेपाल र चीनको सिमाना रसुवागढीमा निमार्ण हुन लागेको बेलीबृज निमार्णको काम चीन सरकारले नेपाल तर्फ पनि सुरु गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
चीन तर्फको निमार्णको काम सम्पन्न गरी लेन्देखोलामा डाइभर्सन बनाई नेपाल तर्फ चिनियाँ कामदार बेलीबृज निमार्ण गर्नका लागि आई सकेकाले नेपाल तर्फको काम सुरु हुने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताउनुभयो ।
गत बिहीबार डाइभर्सन निमार्ण गरिए पछि चीनको केरुङमा काम गर्न गएका एक सय त्रिशठी जना नेपालीहरू पनि नेपाल आएको उहाँले बताउनुभयो । गत असार चौबीस गते तथा साउन चौध गतेको बाढीले कटान गरेको स्याफ्रुबेसी देखि रसुवागढी सम्मको सोह् किलोमिटर सडक पनि एक तर्फी रूपमा संन्चालनमा आई सकेकोले सुरक्षा निकायको निगरानीमा काम हुने उहाँको भनाई छ ।
गत असार चौबीस गते चीनको लेन्देखोलामा आएको भीषण बाढीले चीन र नेपालको सिमानामा रहेको मितेरी पुल बगाए पछि बेलीबृज निमार्णको काम चीन सरकारले गरी रहेको छ ।
