रसुवा — सदरमुकाम धुन्चेमा रहेको कारागारबाट बाहिरिएका ९८ मध्ये ९३ जना कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिइएको छ।
जेन–जी आन्दोलनका कारण धुन्चे कारागारबाट बाहिरिएका कैदीबन्दीलाई सुरक्षाकर्मीको संयुक्त टोलीले पक्राउ गरी पुनः कारागारमा ल्याइएको हो। अझै ५ जना कैदी फरार रहेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए। उनका अनुसार फरार कैदीबन्दीहरूको खोजी कार्य जारी छ।
सुरक्षा निकायले सर्वसाधारणलाई सतर्क रहन र फरार कैदीबन्दीसम्बन्धी कुनै जानकारी भए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ।
