रसुवा — रसुवा जिल्ला तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन कालिकास्थानमा सम्पन्न भएको छ।
बुधबार सम्पन्न अधिवेशनले रमेश घलेको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको छ।
उपाध्यक्षमा सुरेश तामाङ र सन्जय तामाङ निर्वाचित भए भने, सचिवमा विष्णुमान तामाङ र कोषाध्यक्षमा प्रबिन तामाङ चयन भएका छन् ।
त्यस्तै, सदस्यमा सुनिल नगरकोटी, राजकुमार तामाङ, गौरव राना तामाङ, रस्बिना थापा मगर र कमनसिङ तामाङ चयन भएका छन् ।
अधिवेशनमा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा र जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
