रसुवागढी नाकामा बेलीबृज निर्माण तीव्र

रसुवा — नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढीमा बेलीबृज निर्माणको काम तीव्र रूपमा भइरहेको छ।

चीन सरकारको सहयोगमा नेपालतर्फ पनि सोमबारदेखि चिनियाँ कामदारले निर्माण सुरु गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। लेन्देखोलामा डाइभर्सन बनाएर चिनियाँ कामदार नेपालतर्फ प्रवेश गरी बेलीबृज निर्माणमा संलग्न भएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।

उनका अनुसार चीनतर्फको भागमा बेलीबृज निर्माणको काम पूरा भइसकेको छ। कुनै समस्या नआए आगामी १५ दिनभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने चिनियाँ पक्षले जनाएको पन्थीले बताए।

गत असार २४ गते चीनको लेन्देखोलामा आएको भीषण बाढीले दुई देशबीचको व्यापारिक मार्ग रहेको मितेरी पुल बगाएको थियो। पुल बगाएपछि नाका ठप्प भएको र हाल वैकल्पिक रूपमा बेलीबृज निर्माण भइरहेको हो।
तस्बिर:- धन बहादुर तामाङ

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको