डा. बाबुराम भट्टराईले नेसपा (नयाँ शक्ति) अध्यक्ष पद छाडे

काठमाडौँ —नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ।

बौद्धस्थित दीपज्योति बैंक्वेटमा आज बसेको नेसपाको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष भट्टराईले पदत्यागको प्रस्ताव पेस गर्नुभएको र बैठकले सर्वसम्मत रूपमा स्वीकृत गरेको पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिनुभयो।

प्रवक्ता शर्माका अनुसार अब पार्टीका उपाध्यक्ष दुर्गा सोबको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरिएको छ। महाधिवेशनसम्मका लागि सोबलाई संयोजक, महासचिव सोनामसिंह स्याङ्तानलाई सदस्य–सचिव र प्रवक्ताको जिम्मेवारी फेरि आफूलाई (कृष्ण शर्मा) दिइएको उहाँले बताउनुभयो।

पार्टीका केन्द्रीय सदस्य टङ्क धमलाका अनुसार नेसपा (नयाँ शक्ति) ले आउँदो फागुन महिनाभित्र विशेष महाधिवेशन गर्ने तयारी गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको