काठमाडौं – प्रधानमन्त्री सुशिला कार्कीले जेनजी आन्दोलनका क्रममा दमन गर्नेहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। बिहीबार साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थी तथा युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीमाथि कडा कारबाही गर्ने आश्वासन दिइन्।
“जेनजी आन्दोलनका क्रममा निर्दोष विद्यार्थी र युवायुवतीको मृत्यु हुनु दुखद् छ। यसका लागि जिम्मेवार जो कोही भए पनि कानुनी कारबाही हुनेछ,” प्रधानमन्त्री कार्कीले भनिन्।
उनले सबैलाई आगामी निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान गर्दै रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिन सक्ने सम्भावनाबारे सरकार निर्वाचन आयोगसँग छलफल गरिरहेको जानकारीसमेत दिइन्।
