काठमाडौं – सरकारले तीन दिनका लागि काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारी साधन आवागमन रोक्ने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद् कार्य प्रमुख रामबहादुर केसीका अनुसार यात्रामा उच्च जोखिम देखिएकाले उपत्यकाबाट प्रवेश र निर्गमन अस्थायी रूपमा बन्द गरिएको हो।
निर्णय कार्यान्वयन अवधिभर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने आवश्यक सेवाबाहेकका सबै प्रकारका सवारी सञ्चालन रोकिने छन्।
