रसुवा – गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेको पेदिङ खोल्सामा आएको बाढीले बगाउँदा लाङटाङ भ्रमणमा गएका ४ जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० हेमबहादुर शाहीका अनुसार भक्तपुरबाट आएका १६ जनाको टोलीमध्ये ४ जनालाई शनिबार खोल्साले बगाएको हो।
बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिकाका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ र सँगिता श्रेष्ठ रहेका छन् भने रवि श्रेष्ठ भक्तपुर नगरपालिकाका भएको प्रहरीले जनाएको छ।
घटना छुनामा भन्दा माथि घोडा तबेला भन्दा तलको पदमार्गमा भएको बताइएको छ। खोजीका लागि लाङटाङ र स्याफ्रुस्थित प्रहरी चौकीबाट टोली खटाइएको डीएसपी शाहीले जानकारी दिए।
