रसुवाका जेनजी पनि सक्रिय हुँदै, पालिकमा बुझाए ज्ञापन पत्र

रसुवा – आमाछोदिङ्मो गाउँपालिकामा जेनजी युवाहले ज्ञापन पत्र पेश गरेका छन् । शान्तिपूर्ण प्रदर्शनमार्फत गोल्जुङमा रहेको पालिका कार्यालयमा पुगेका जेनजीहरुको समूहले पालिकामा ज्ञापन पत्र पेश गर्दै आफ्ना मागहरु यथासक्य समाधान गरिनुपर्ने बताएका छन् ।

ज्ञापनपत्र सहित पालिका पुगेका जेनजी समूहले जनप्रतिनिधिहरुसँग भेटी संवाद गर्न खोजेका थिए । उनीहरु पुग्दा पालिकामा जनप्रतिनिधि नभेटिएपछि एकछिन उनिहरु आक्रोसित बनेका थिए । पालिकामा भेटिएका कर्मचारीहरुमार्फत उनीहरुले पालिका अध्यक्ष बुचुङ तामाङसँग भिडियो संवाद गरी आफुहरुले उठाएको माग यथासक्य समाधान गरिन ध्यानकर्षण गराएका छन् ।

भिडियो संवादमाफर्त जेननी युवाहरुसँग कुराकानी गरेका अध्यक्ष तामाङले आफु कामको सिलसिलामा बाहिर रहेकाले पालिका फर्केर युवाहरुको मागबारे छलफल गर्ने प्रतिवद्धता गरेको जेनजी युवा प्रतिनिधिहरुले बताए ।
आमाछोदिङमो गाउँपालिकामा उनीहरुले विभिन्न माग राखी ज्ञापन पत्र पेश गरेका छन् । युवाहरुले गाउँपालिकाको समग्र विकास र युवाको सहभागिता सुनिश्चित गर्न ध्यानाकर्षण गराएका छन् ।

मागपत्रमा उनीहरुले गाउँपालिकाको भवन संरचना तथा निर्माण कार्य गुणस्तरीय हुनुपर्नेमा । गाउँपालिकामा दक्ष जनशक्ति राख्नुपर्ने, कर्मचारी नियुक्त गर्दा स्थानीयलाई प्राथमिकता दिनुपर्ने, गाउँपालिकाभित्र बन्ने सबै संरचनाहरूमा गुणस्तरीय परीक्षण प्रक्रिया अन्तर्गत डिपीआर अनिवार्य गर्नुपर्ने जस्ता माग उठाएका छन् । साथै उनीहरुले सडक बाटोहरु गुणस्तरीय र राम्रो बनाउनुपर्ने पनि माग राखेका छन् । युवाहरुले कृषि र पशुपालन क्षेत्रमा नयाँ प्रविधि, उत्पादन र व्यवसायिक कार्यक्रम सञ्चालन गर्न, किसानलाई सहयोग पु¥याउने कार्यक्रम ल्याउन र उत्पादकत्व वृद्धि गर्ने वातावरण बनाउन पनि आग्रह गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको