कालिकास्थानमा ८६ जनाले गरे रक्तदान

रसुवा — रसुवाको कालिका गाउँपालिका–२, कालिकास्थानमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका छन्।

 

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी ब्याच २०५६ समूहले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८६ पिन्ट रगत संकलन गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका सचिव हेमनाथ खतिवडाले जानकारी दिए।

 

संकलित रगत केन्द्रीय रक्तसञ्चार केन्द्रमा पठाइएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी ब्याच २०५६ समूहले यो रक्तदान कार्यक्रम सातौँ पटक आयोजना गरेका हुन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको