पीडित परिवारलाई २५ लाख क्षतिपूर्ति र रोजगारीको सहमतिपछि विरोध कार्यक्रम फिर्ता

रसुवा— पीडित परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति र रोजगारी सुनिश्चित गर्ने सहमति भएपछि स्थानीयवासीले गरेको विरोध कार्यक्रम फिर्ता लिएका छन्।

गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरे नजिकै शनिबार दिउँसो करेन्ट लागी कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भएपछि आफन्त तथा स्थानीयवासीले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए।

रसुवागढी जलविद्युत आयोजना, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र पीडित पक्षबीच कालिका गाउँपालिकामा भएको छलफलपछि पीडित परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारी सुनिश्चित गर्ने सहमति भएपछि विरोध कार्यक्रम फिर्ता लिइएको स्थानीयवासी पुष्पराज न्यौपानेले बताए।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको