विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रसुवा— कालिका गाउँपालिका–५ को सहयोगमा निलकण्ठ नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

१ सय ५ जना विद्यार्थीहरूलाई जुत्ता, मोजा, झोला, पानीको बोतल, कपीलगायत शैक्षिक सामग्रीहरू वितरण गरिएको हो। वडा नं. ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप पौडेल, वडा सदस्यहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा ECD देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक वर्षभर पुग्ने गरी सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नारायण देवकोटाले जानकारी दिए।

विद्यालयले यसरी वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीहरूको उत्साह र शैक्षिक सहभागिता अझ बढ्ने विश्वास व्यक्त गरेको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको