जिल्ला प्रशासन कार्यालय रसुवा १३ औँ स्थानमा

रसुवा— गत आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय रसुवाले ९३ दशमलव ४८ अंक प्राप्त गर्दै देशभर १३ औँ स्थान हासिल गरेको छ।

 

नेपाल सरकारको गृह मन्त्रालयले प्रकाशित गरेको कार्यसम्पादन सम्झौताअन्तर्गतको वार्षिक मूल्यांकन नतिजा अनुसार रसुवाको प्रदर्शन ‘सर्वोत्कृष्ट’ श्रेणीमा परेको हो। गृह मन्त्रालयले देशभरका ७७ वटा जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी सीडीओ तथा कार्यालयको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको थियो।

 

रिपोर्ट अनुसार जिल्ला प्रशासन कार्यालय पर्वतले ९५ दशमलव ७१ अंकसहित पहिलो स्थान हासिल गरेको छ । गृह मन्त्रालयका अनुसार शान्ति–सुरक्षा, अपराध नियन्त्रण, सुशासन तथा सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, मुआब्जा वितरण, विकास–निर्माणमा समन्वय र आर्थिक प्रशासनजस्ता सूचकहरूलाई मूल्यांकनको आधार बनाइएको हो।

 

रसुवाको यो नतिजाले जिल्लाको प्रशासनिक कार्यक्षमता, सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा निरन्तर सुधार भएको संकेत गरेको स्थानीय प्रशासनले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको