काठमाडौं— नेपाली चलचित्रका सुपरस्टार अनमोल केसी अभिनीत बहुप्रतिक्षित फिल्म ‘जेरी वान टप’ शुक्रबारदेखि देशभरका प्रमुख सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ।
युवापुस्तामाझ लोकप्रिय अनमोल यसपटक फरक पात्र र कथावस्तुमा देखिएका छन्, जसले नेपाली सिनेमामा नयाँ स्वाद र ऊर्जा भर्ने अपेक्षा गरिएको छ । फिल्मका असिस्टेन्स प्रोड्युसर विवेक थापा नयाँ पुस्ताका मेहनती, विवेकशील र ऊर्जावान निर्माताका रूपमा पहिचान बन्दै आएका छन् । उनले पछिल्ला वर्षहरूमा फिल्मसँगै फिटनेस र अटोमोबाइल व्यवसायमा सक्रियता देखाउँदै आफ्नो बहुमुखी व्यावसायिकता प्रस्तुत गरेका छन् ।
थापाले भने, “हामी नयाँ सोच, दृष्टिकोण र उचाइका साथ नेपाली फिल्म उद्योगमा योगदान दिन चाहन्छौं। ‘जेरी वान टप’ हाम्रो त्यो यात्राको पहिलो पाइला हो ।”
फिल्म रिलिजसँगै सामाजिक सञ्जालमा चर्चामा रहेको छ । दर्शकबाट उत्साहजनक प्रतिक्रिया र प्रशंसा पाइरहेको यो फिल्म शुक्रबारबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको हो । आज बिहानदेखि नै अधिकांश हलहरू हाउसफुल भइरहेका छन्, जसले फिल्मप्रति दर्शकको उच्च रुचि र प्रतीक्षा स्पष्ट पारेको छ।
