गायक बाबुल गिरीविरुद्ध किटानी जाहेरी दर्ता, आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ

काठमाडौं— गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

 

गायिका नितु पौडेलको मृत्यु प्रकरणमा उनका पिताद्वारा गिरीविरुद्ध किटानी जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

 

गत शनिबार अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी पौडेलको उपचारका क्रममा शुक्रबार कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो।

 

प्रहरीका अनुसार पौडेलले स्टुडियोभित्र शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्। तत्काल उद्धार गरी अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको हो। घटनाको कारण र यथार्थ विवरणबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको