रसुवागढी नाकाको बेलीबृज एक महिनाभित्र सम्पन्न गर्ने चीन पक्षको भनाइ

रसुवा — रसुवागढी नाकामा निर्माण भइरहेको बेलीबृज अबको एक महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको चिनियाँ पक्षले जनाएको छ ।

गत असार २४ गते चीनको लेन्देखोलामा आएको भीषण बाढीले नेपाल–चीन व्यापारिक मार्ग रहेको मितेरी पुल बगाएपछि दुई देशबीचको आवागमन र व्यापार पूर्ण रूपमा अवरुद्ध छ ।

बिहीबार रसुवागढी नाकामा नेपाल र चीनका सम्बन्धित अधिकारीबीच भएको अनौपचारिक छलफलमा बेलीबृज निर्माण तीव्र गतिमा भइरहेको र अबको एक महिनाभित्र सम्पन्न गर्ने जानकारी चिनियाँ पक्षले दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए।

हाल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बेलीबृजका लागि आवश्यक पाटपुर्जा जडान र पिलर उठाउने काम भइरहेको छ। पन्थीका अनुसार, पुल निर्माण सम्पन्न भएपछि आवतजावत सहज बनाउनका लागि दुवै पक्षबीच पुनः बसेर छलफल गरी आवश्यक व्यवस्थापन मिलाइने छ।

मितेरी पुल बगाएपछि रसुवागढी नाका चार महिनादेखि ठप्प छ। अहिले वैकल्पिक रूपमा निर्माण भइरहेको बेलीबृजले नाका सञ्चालनलाई सहज बनाउने अपेक्षा लिइएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको