रसुवा— रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगयाधाममा हरिबोधिनी एकादशीको अघिल्लो रात बत्ती बाल्ने श्रद्धालुहरूको भीड लागेको छ । उत्तरगया क्षेत्रमा शुक्रबार साँझ बत्ती बाल्ने श्रद्धालुहरूको भीड लागेको हो ।
त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको राम मन्दिर परिसरमा हरिबोधिनी एकादशीको अघिल्लो रात श्रद्धालुहरूले मृत्यु भएका आफ्ना पितृका नाममा रातभरि बत्ती बालेर बस्ने गर्छन् ।
परलोक भएका आफ्ना बाबु(आमा तथा आफन्तको नाममा शुक्रबार साँझ भक्तजनहरूले जाग्राम बसेर बत्ती बालिरहेका छन् । पित्तृका नाममा बत्ती बाल्नाले उनीहरूको आत्मालाई शान्ति मिल्नुका साथै उत्तमलोक प्राप्त हुने जनविश्वास रहिआएको छ स्थानीय पुरोहित बासु भण्डारीले बताए ।
उत्तरगया क्षेत्रमा हरिबोधिनी एकादशी, पौषे औंसी तथा बालाचर्तुदशीलगायत तिथिमा मेला लाग्ने गर्दछ ।
