रसुवा— रसुवा जिल्ला कालिका गाउँपालिका–३ इटपारेका मुरली बहादुर नेपाली मस्तिष्कघात (ब्रेन स्ट्रोक) का कारण गम्भिर बिरामि परेका छन् ।
उनको अहिले काठमाडौंस्थित केएमसी हस्पिटल, सिनामंगलमा उपचार भइरहेको छ । चिकित्सकहरुले उनलाई तत्काल शल्यक्रिया (अपरेसन) गर्नु बताएका छन् । तर नेपालीको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा कठिनाइ उत्पन्न भएको परिवारले जनाएको छ ।
उक्त अवस्थालाई ध्यानमा राख्दै स्थानीयवासी तथा शुभेच्छुकहरूले “जीवन रक्षाका लागि सानो सहयोग, उहाँका लागि ठुलो आशा” भन्ने नारासहित सहयोग अभियान सुरु गरेका छन् । अभियान अन्तर्गत इच्छक शुभेच्छुकहरूले बिरामीको उपचारका लागि आर्थिक सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ । सहयोग पठाउनेका लागि ग्लोबल आइएमई बैंक, कालिकास्थान शाखामा रहेको संगिता स्याबा (बिरामीको बुहारी) को नाममा रहेको खाता नम्बर १९३०७०१०००२०७२ प्रयोग गर्न सकिने जनाइएको छ ।
अभियानका सहयोगीहरुले अपिल गरेका छन् “हाम्रो सानो सहयोगले पनि एक जनाको जीवन बचाउन र एक परिवारमा उज्यालो फर्काउन सक्ने छ । मानवताको नाताले सबैलाई सहयोगका लागि आह्वान गर्दछौं ।”
