एमाले रसुवाद्धारा धुन्चेमा प्रदर्शन र जनसभा

रसुव — नेकपा एमाले रसुवाले शनिबार सदरमुकाम धुन्चेमा प्रदर्शनसहित जनसभा सम्पन्न गरेको छ।
संसद पुनर्स्थापना, लोकतन्त्र तथा संविधान संरक्षण, जेन–जि पुस्ताका माग सम्बोधन र सर्वपक्षीय सरकार गठनजस्ता मुद्दा उठाउँदै एमालेले धुन्चे स्वागत गेटबाट विरोध कार्यक्रम सुरु गरेको थियो । जुलुस शिव मन्दिर हुँदै शंखपार्कमा पुगेर जनसभामा परिणत भएको हो।

जनसभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जेन–जि आन्दोलनको नाममा केही भ्रम र अस्थिरता सिर्जना गरिएको दाबी गरे। उनले भने यस्तो वातावरण लोकतान्त्रिक संरचनामाथिकै चुनौती भएको र एमालेको हालको अभियान त्यसको प्रतिवादस्वरूप सुरु गरिएको हो ।

सुनुवारले देशको सार्वभौमसत्ता तथा स्वाभिमानमा बाह्य हस्तक्षेपको प्रयास भइरहेको भन्दै एमालेले यसलाई स्वीकार गर्न नसक्ने बताए। संविधान, समृद्धि र स्थिरताका पक्षमा नागरिक समाज र सबै राजनीतिक शक्तिहरू एकजुट भएर उभिनुपर्ने आवश्यकतासमेत उनले जोड दिए।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको