पाङसाङपासबाट चारैतिरको हिमाली दृश्य मनमोहक

धादिङ— धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका–१ स्थित पाङसाङपासबाट चारैतिर देखिने हिमशृङ्खलाका कारण यसको चर्चा बढ्दै गएको छ ।

पासको माथिल्लो भागबाट गणेश हिमाल, मनास्लु, लाङटाङ शृङ्खलासहितका उच्च हिमालहरू एकै स्थानबाट अवलोकन गर्न सकिन्छ । हावापानी शीतल र दृश्य खुला हुने मौसम भएकाले हाल यहाँ पर्यटक र स्थानीयको आवागमन उल्लेखनीय रूपमा बढेको छ। नजिकबाट हिमालको दृश्य अवलोकन गर्न पाउँदा निकै रमाइलो लागेको द्रुव प्रसाद अधिकारीले बताए।

पाङसाङपास रुबीभ्याली क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ। मनमोहक दृश्य, पदमार्ग तथा स्थानीय संस्कृतिको अनुभव लिन यहाँ आउनेको संख्या पछिल्ला वर्षमा क्रमशः बढ्दै गएको छ । रसुवाको स्याफ्रुबेसीबाट उकालो लागेपछि गतलाङ, सोमडाङ, पाङसाङपास हुँदै रुबीभ्याली पुग्न उपयुक्त रुट मानिन्छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको