राष्ट्रपति रनिङ  शिल्डको उपाधि कालिका हिमालय माध्यमिक विद्यालयलाई

रसुवा— कालिका गाउँपालिकाद्वारा आयोजित छैटौँ पालिका–स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।

यस वर्षको रनिङ शिल्डको उपाधि कालिका हिमालय माध्यमिक विद्यालयले कालिकास्थानले हात पारेको छ । विद्यालयले विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै १९ स्वर्ण, १६ रजत र ७ कास्यसहित जम्मा ४२ पदक जित्दै उपाधि हासिल गरेको हो ।

गत वर्ष रनिङ शिल्डको उपाधि हात पारेको सेतीभूमे मावि राम्चे यस वर्ष १५ स्वर्ण,  १६ रजत र १ कास्यसहित कुल ३२ पदक बटुलेर दोस्रो भयो । त्यस्तै,  सेतीदेवी मावि धुसेनीले ४ स्वर्ण, ४ रजत र ७ कास्यसहित कुल १५ पदक ल्याउँदै तेस्रो स्थान हासिल गर्यो । प्रतियोगितामा कालिका गाउँपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले बताए।

प्रतियोगिता समापन समारोहमा बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, बागमती प्रदेश सभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्बो घलेउपाध्यक्ष चन्द्रबहादुर ग्लान, वडा अध्यक्षहरू लगायतले शुभकामना मन्तव्य राखेका थिए।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको