जन्मदिनको अवसरमा विद्यालयलाई कम्प्युटर प्रदान

रसुवा— स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई एक थान कम्प्युटर प्रदान गरेका छन् । श्रेष्ठले उत्तरगया गाउँपालिका–५ लहरेमा रहेको शिवालय आधारभूत विद्यालयलाई एक थान कम्प्युटर उपलब्ध गराएका हुन् ।

गत वर्ष विद्यालयलाई स्टेशनरी सामग्री सहयोग गरेका श्रेष्ठले यस वर्ष शैक्षिक क्रियाकलापमा टेवा पुग्ने उद्देश्यसहित कम्प्युटर उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक भरत पौडेलले बताए । कम्प्युटर प्राप्तसँगै प्रविधिमूलक शिक्षामा थप सहजता आउने र विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा विद्यालयले राखेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको