चिनियाँ दृष्टिकोण पुस्तक लोकार्पण

काठमाडौँ—सञ्चारकर्मी चेतनाथ आचार्यद्वारा लिखित ‘चिनियाँ दृष्टिकोण’ पुस्तक शुक्रबार प्रज्ञा–प्रतिष्ठानमा लोकार्पण गरिएको छ ।

कार्यक्रममा सभामुख देवराज घिमिरेले पुस्तकको लोकार्पण गर्दै छिमेकी मित्रराष्ट्र चीनले हासिल गरेको राजनीतिक स्थिरता, चमत्कारिक आर्थिक वृद्धि र सामाजिक विकास नेपालका लागि महत्वपूर्ण शिक्षा बनेको बताए।

कार्यक्रममा पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्याल, प्रा. डा. युवराज सङ्ग्रौला र चिनियाँ प्राध्यापक चाङ युए ‘वर्षा’ले पुस्तकको समीक्षा प्रस्तुत गर्दै चीनको दीर्घकालीन विकास मोडेल नेपालका लागि उपयोगी हुने टिप्पणी गरे।

पुस्तकका लेखक आचार्यले विश्वभर चीनको भूमिकाबारे चासो बढिरहेको र त्यही पृष्ठभूमिमा पुस्तक तयार पारेको बताए ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको