रसुवा— एलिभेसन भाइटल नेपाल संस्थाले बिहीबार नौकुण्ड गाउँपालिका–२ स्थित नवजीवन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
विद्यार्थीहरूलाई जाडोबाट सुरक्षित राख्ने उद्देश्यले उक्त संस्थाले ज्याकेट प्रदान गरेको विद्यालयका प्रधानाध्यापक सम्देन लामाले बताए । लामाले भने संस्थाले ९६ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गरेको हो ।
त्यसैगरी विद्यालय परिसर स्वच्छ राख्नका लागि १० थान डस्टबिन तथा खेलकुद गतिविधि प्रवद्र्धन गर्नका लागि आवश्यक खेलकुद सामग्री समेत संस्थाले उपलब्ध गराएको प्रधानाध्यापक लामाले बताए । उक्त सहयोगले विद्यार्थीहरूको पठन–पाठन गर्ने वातावरण अझ सहज, सुरक्षित र प्रेरणादायी बन्ने अपेक्षा विद्यालय प्रशासनले राखेको छ ।
