‘वृतान्त बिर्ता’ पुस्तक विमोचन

रसुवा— जिल्ला भूमि अधिकार मञ्च रसुवाद्वारा प्रकाशित वृतान्त बिर्ता पुस्तक एक कार्यक्रमका बीच शुक्रबार कालिका गाउँपालिका–२ कालिकास्थान स्थित भूमिघरमा विमोचन गरिएको छ ।

 

रसुवा जिल्लाका किसानहरूको विद्रोह, संघर्ष र भूमि आन्दोलनको विस्तृत नालीबेली समेटिएको यो पुस्तक रघुनाथ लामिछाने, विश्वस नेपाली र सुष्मा न्यौपानेले लेखन तथा सम्पादन गरेका हुन् ।

पुस्तक विमोचन समारोहका प्रमुख अतिथि संविधानसभा सदस्य जनार्दन ढकाल, प्रदेशसभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक कुमार घिमिरे, उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्याल, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, नेकपा एमालेका प्रतिनिधि विष्णु पौडेल, नेकपा प्रतिनिधि पुष्पराज न्यौपाने लगायत वक्ताहरूले पुस्तकको महत्व तथा रसुवाको भूमि आन्दोलनको इतिहासबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष भवानी प्रसाद न्यौपानेले वृतान्त बिर्ता पुस्तक रसुवाको भूमि आन्दोलनको ऐतिहासिक दस्तावेजका रूपमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको