रसुवा— नौकुण्ड गाउँपालिकाद्वारा आयोजित सातौँ पालिका–स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न भएको छ।
यस वर्षको रनिङ शिल्डमा निर्कुभुमे माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ। विद्यालयले १६ स्वर्ण, ९ रजत र ५ कास्य गरी जम्मा ३० पदक जित्दै पहिलो स्थान हासिल गरेको हो।
तेस्तै गोसाइँकुण्ड माध्यमिक विद्यालयले ८ स्वर्ण, १६ रजत र ६ कास्यसहित ३० पदक बटुल्दै दोस्रो स्थानमा रह्यो। गौतमबुद्ध माध्यमिक विद्यालयले ६ स्वर्ण, १३ रजत र ४ कास्य गरी ३० पदकसहित तेस्रो भयो । बागेश्वरी माध्यमिक विद्यालयले ३ स्वर्ण, ४ रजत र ७ कास्य गरी १४ पदक प्राप्त गरेको छ भने नारायण माध्यमिक विद्यालयले १ स्वर्ण, २ रजत र ५ कास्यसहित ८ पदक हासिल गरेको छ।
प्रतियोगितामा गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको थियो। समापन समारोहमा बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्बो घले, उपाध्यक्ष चन्द्रबहादुर ग्लान, वडा अध्यक्षहरूलगायतले शुभकामना मन्तव्य राखेका थिए।
