रसुवा— भिर मौरीको मह झिक्न जाँदा भिरबाट लडेर बुधबार रसुवामा एक जनाको मृत्यु भएको छ।
नौकुण्ड गाउँपालिका–२ युब्राका ६५ वर्षीय नेम्वा नाम्यल नेकोरको भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।
घटना नौकुण्ड गाउँपालिका–२ तेल्जुङको जंगल क्षेत्रमा भएको हो शाहीले भने । घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिशूली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
