सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी वितरण

रसुवा— क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल (आस्लुन) ले कालिका गाउँपालिका–४ धुसेनीस्थित श्री सेतीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।

“न्यानो माया–२०८२” कार्यक्रमअन्तर्गत विद्यालयका ४७ जना छात्र–छात्रालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग गरिएको संस्थाका कोषाध्यक्ष सुबास देवकोटाले जानकारी दिए । आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका विद्यार्थीहरूलाई लक्षित गरी उक्त सहयोग प्रदान गरिएको हो देवकोटाले भने ।

सहयोग सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए । विद्यालय पक्षले यस्ता सहयोग कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै पठन–पाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।

आस्लुनले यसअघि पनि रसुवा जिल्लाको गोसाइँकुण्ड माध्यमिक विद्यालय तथा लोकिल आधारभूत विद्यालयमा स्टेशनरी सामग्री तथा न्यानो कपडा सहयोग गरिसकेको छ । संस्थाका अध्यक्ष सुशील आचार्यले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको