रसुवा— नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार सूचीमा रसुवाबाट पेम्बा छिरिङ तामाङ परेका छन् ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत ११० जनाको नामावली निर्वाचन आयोगमा पेश गरेको छ । सार्वजनिक सूची अनुसार जनजाति क्लस्टरमा पेम्बा छिरिङ तामाङको नाम समावेश गरिएको हो ।
पेम्बा छिरिङ तामाङ नेपाली कांग्रेस रसुवाका जिल्ला सभापति हुन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले समानुपातिक तर्फका लागि तामाङको नाम सिफारिस गरी केन्द्रमा पठाएको थियो ।
