छोरीले गरिन् बाबुको काज–किरिया

रसुवा—हाम्रो हिन्दू संस्कारअनुसार छोराले मात्र बाबुआमाको काज–किरिया गर्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।

तर सोही मान्यता र परम्परालाई तोड्दै रसुवाको कालिका गाउँपालिका–२ की ४९ वर्षीया योगमाया ढकालले बाबुलाई दागबत्ती दिँदै किरिया बसेकी छन् । लामो समयदेखि दमको समस्याबाट ग्रसित उनका बुबा रोहिणीप्रसाद ढकालको ८१ वर्षको उमेरमा माघ ६ गते निधन भएको हो । योगमाया अविवाहित जेठी छोरी हुन्। मृतक ढकालका तीन छोरी— योगमाया, सरस्वती र गायत्री रहेका छन् ।

योगमायाले आफूलाई जन्म दिने बाबुआमाको सेवा गर्नु र अन्त्येष्टि कर्म गर्नु पनि आफ्नै जिम्मेवारी भएको बताइन्। “यस्ता संस्कारमा छोराजत्तिकै छोरीको पनि भूमिका हुनुपर्छ,” उनले भनिन्, “लैङ्गिक असमानता हटाउन पनि मैले बाबुको किरिया थालेकी हुँ।”

योगमायाले कपाल मुण्डन गरी काका टंकप्रसाद तथा अन्य आफन्तको सहयोगमा हिन्दू संस्कारअनुसार अन्त्येष्टि कर्म गरिरहेकी छन्। परम्परागत मान्यतालाई चिर्दै गरिएको यस कार्यले समाजमा सकारात्मक सन्देश दिएको स्थानीय शंकर न्यौपानेले बताए।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको