रसुवागढी नाका नजिक सुख्खा पहिरो खस्दा टिमुरे–रसुवागढी सडक अवरुद्ध

रसुवा— शनिबार राति रसुवागढी नाका नजिकै सुख्खा पहिरो खस्दा टिमुरे–रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ ।

रसुवागढी नाकाबाट केही दूरीमा करिब २० मिटर क्षेत्रमा सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए । सडक अवरुद्ध भएपछि केरुङबाट सामान आयात गरेर आएका कन्टेनरहरू रसुवागढी नाकामै रोकिएका छन् भने केरुङतर्फ जान लागेका कन्टेनरहरू घट्टेखोलामा रोकिएका छन् ।  सडक अवरुद्ध हुँदा नेपाल–चीन व्यापारिक नाकाबाट हुने आयात–निर्यात प्रभावित भएको छ ।

आइतबार दिनभर स्काभेटरको सहायताले पहिरो पन्छाउने प्रयास गरिए पनि पूर्ण रूपमा हटाउन नसकिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । सोमबार बिहानैदेखि पहिरो पन्छाउने कार्य तीव्र रूपमा सुरु गरिनेछ । “सोमबार नै सडक खुलाउने लक्ष्यका साथ काम भइरहेको छ,” उनले भने ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको