रसुवा— टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक युवतीको मृत्यु भएको छ ।
नौकुण्ड गाउँपालिका–२ यार्सा निवासी सुक्ला तामाङकी छोरी योमाया तामाङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले थापाले बताए । ना ५ ख ६३३२ नम्बरको टिपरले मंगलबार साँझ करिब ७ बजे कालिका गाउँपालिका–२ लामाटोलमा मोटरसाइकललाई ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएकी थिइन् ।
घाइते तामाङलाई तत्काल एम्बुलेन्समार्फत त्रिशूली अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले प्रारम्भिक जाँचपछि उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल चालक भने घाइते भएका छन् । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
