रसुवा— माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजाअनुसार रसुवामा संस्थागत विद्यालयतर्फ सोनिया तामाङले ४.०० जिपिए हासिल गर्दै जिल्ला प्रथम भएकी छन् ।
गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेस्थित नमुना इभरग्रिन बोर्डिङ स्कुलकी छात्रा सोनियाले उत्कृष्ट नतिजासहित जिल्लामै सर्वाधिक जिपिए ल्याएकी हुन् ।
सामुदायिक विद्यालयतर्फ उत्तरगया गाउँपालिका–५ बोगटीटारस्थित नीलकण्ठ माध्यमिक विद्यालयका छात्र–छात्राले उत्कृष्ट नतिजा हासिल गरेका छन् । विद्यालयका विद्यार्थी गुञ्जन घिमिरे र मनिस भण्डारीले समान ३.८३ जिपिए प्राप्त गर्दै सामुदायिकतर्फ जिल्ला प्रथम भएका छन् । त्यस्तै, सोही विद्यालयकी छात्रा क्रेसिडा घिमिरेले ३.७४ जिपिए हासिल गदै छात्रा तर्फ जिल्ला प्रथम भएकी छिन् ।
उक्त विद्यालयकै छात्र रितिक खड्काले ३.८२ जिपिएसहित सामुदायिक विद्यालयतर्फ दोस्रो स्थान हासिल गरेका छन् ।
संस्थागत विद्यालयतर्फ कालिका गाउँपालिका–२ कालिकास्थानस्थित ग्रीन गार्डेन बोर्डिङ स्कुलका छात्र समिर न्यौपानेले ३.८३ जिपिए प्राप्त गरेर जिल्ला प्रथम भएका छन् । त्यस्तै, कालिका गाउँपालिका–५ जिवजिवेस्थित नर्थपोल बोर्डिङ स्कुलकी छात्रा पूर्णिमा ढकालले ३.८५ जिपिए हासिल गर्दै छात्रा तर्फ दोस्रो भएकी छिन् । सोही विद्यालयका छात्र अस्मित देवकोटाले ३.७९ जिपिए प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।
