रास्वपा रसुवा जिल्ला तदर्थ समितिको सभापतिमा वसन्त भट्ट

रसुवा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश संगठन विभागको आयोजनामा शनिबार रसुवाको सदरमुकाम धुन्चेमा जिल्ला भेला सम्पन्न भएको छ ।

शनिबार सम्पन्न जिल्ला भेलाबाट तदर्थ समितिको सभापतिमा वसन्त भट्ट निर्वाचित भएका छन् । सभापति, सचिव र सह–सचिव पदमा निर्वाचन भएको थियो । रास्वपाले यसअघिको जिल्ला समितिलाई भंग गरेपछि नयाँ तदर्थ समिति चयन गरिएको हो ।

नवनिर्वाचित समितिको उपसभापतिमा दावा लामा, सचिवमा रविन्द्र लोप्चन तथा सह–सचिवमा रविन्द्र तामाङ चयन भएका छन् । त्यस्तै, समितिका सदस्यहरूमा निर्मल घले, भरत नगरकोटी, सानुदेवी तामाङ, सुशिल खतिवडा, युवराज घले र कृष्णबहादुर घले निर्विरोध चयन भएका छन् ।

जिल्ला भेलाको उद्घाटन कार्यक्रममा पार्टीका महामन्त्री भूपदेव शाह, संगठन विभागका सचिव शंकर श्रेष्ठ, सांसद यज्ञमणि न्यौपाने, बागमती प्रदेश सभापति डा. अच्युत्तम लामिछाने तथा बागमती प्रदेश महामन्त्री सुरेन्द्र भट्टलगायत नेताहरूले सम्बोधन गरेका थिए ।

उनीहरूले रसुवामा पार्टी संगठन विस्तार, जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह तथा पार्टीका एजेन्डालाई गाउँ–गाउँसम्म पु¥याउन नयाँ समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको