पाँचौँ पालिका अध्यक्ष खुल्ला पुरुष भलिबलको उपाधि भिमलाल हिराचन स्मृति, सक्षम सोसाइटी नेपाललाई

रसुवा— गोसाइँकुण्ड गाउँपालिका पाँचौँ पालिका अध्यक्ष खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि भिमलाल हिराचन स्मृति, सक्षम सोसाइटी नेपालले हात पारेको छ ।

शनिबार रसुवाको सदरमुकाम धुन्चेस्थित बालमन्दिर प्राङ्गणमा सम्पन्न फाइनल खेलमा सिमबन्दी युवा सोसाइटीलाई ३–१ को सेटले पराजित गर्दै भिमलाल हिराचन स्मृति, सक्षम सोसाइटी नेपाल च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा विजेता टोलीले २६–२४, २५–१७, १९–२५ र ३४–३२ को सेटमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको थियो ।

उपाधिसँगै विजेता टोलीले नगद २ लाख ५० हजार रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गरेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।

उपविजेता सिमबन्दी युवा सोसाइटीले नगद २ लाख रुपैयाँसहित मेडल प्राप्त गरेको छ । त्यस्तै, भिमली युवा क्लब तृतीय हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको छ ।

“रसुवागढी नाका, पूर्वाधार र शिक्षा, सुसंस्कृत र समृद्ध गोसाइँकुण्ड, लाङटाङ हाम्रो सदिच्छा” भन्ने नारासहित वैशाख ३० गतेदेखि सुरु भएको प्रतियोगिता जेठ २ गते सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको