लक्ष्मी लम्साल
क्वाङ्चौ (चीन)—क्वाङ्चौमा आयोजित डुङ्गा दौडमा नेपाली महावाणिज्यदूतावासका साथै नेपाली समुदायले सहभागिता जनाएका छन् ।
शुक्रबार चीनका विभिन्न स्थानमा डुङ्गा दौडसम्बन्धी कार्यक्रमहरू आयोजना गरिएको थियो। क्वाङ्चौस्थित नेपाली महावाणिज्यदूतावास र त्यहाँका नेपाली समुदायले ड्र्यागन डुङ्गा दौडको अनुभव लिएका हुन् ।
चीनको ड्र्यागन बोट फेस्टिभल केवल एउटा उत्सव मात्र नभई इतिहास, परम्परा, स्वाद र उत्साहको अद्वितीय संगम हो । नेपाल, जर्मनी, बेलायत र चीनका टोलीहरूले मैत्रीपूर्ण डुङ्गा दौडमा सहभागिता जनाएको महावाणिज्यदूत भरत खनालले बताए। ड्र्यागन डुङ्गा महोत्सव सांस्कृतिक गतिविधिहरूको महत्वपूर्ण हिस्सा हो ।
यस कार्यक्रमले नागरिक तथा पर्यटकहरूलाई ड्र्यागन डुङ्गा महोत्सवका विशिष्ट चलन र परम्पराहरू अनुभव गर्ने अवसर प्रदान गर्दै आकर्षित गरेको छ ।
