पवित्र धार्मिकस्थल उत्तरगयाधाममा डस्टबिन राख्ने काम सम्पन्न

रसुवा— पवित्र धार्मिक तथा पर्यटकीयस्थल उत्तरगयाधामलाई स्वच्छ, सफा र प्रदूषणमुक्त बनाउने उद्देश्यले १० सेट डस्टबिन राखिएको छ ।

“स्वच्छ, सफा र प्रदूषणमुक्त उत्तरगयाधाम, सभ्य नागरिकको पहिचान” भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालय रसुवाको आयोजनामा, उत्तरगया गाउँपालिका–५ वडा कार्यालय (माझगाउँ) तथा सामुदायिक वन उपभोक्ता महासंघको सहकार्यमा डस्टबिन राखिएको हो ।

डस्टबिन स्थापनाले उत्तरगयाधाम क्षेत्रको वातावरणीय स्वच्छता कायम राख्न, फोहोर व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा धार्मिक स्थलमा आउने श्रद्धालु र पर्यटकहरूमा सरसफाइप्रति सकारात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार उत्तरगयाधाम धार्मिक आस्थाका साथै पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण गन्तव्य भएकाले यसको प्राकृतिक सौन्दर्य र पवित्रता संरक्षण गर्नु सबैको साझा दायित्व हो । त्यसका लागि फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सरसफाइसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । डस्टबिनको उचित प्रयोग गर्दै उत्तरगयाधामलाई स्वच्छ, सफा र प्रदूषणमुक्त राख्न स्थानीयवासी, श्रद्धालु तथा पर्यटक सबैमा आयोजकले आग्रह गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको