भाङ्गे झरनामा केशव र इब्सलको ‘रसुवामा भाङ्गे झरना’ गितकाे म्युजिक भिडियो छायाङ्कन

रसुवा— उत्तरगया गाउँपालिका-२ मा रहेकाे चर्चित भाङ्गे झरना मा रसुवामा भाङ्गे झरना गितकाे म्युजिक भिडियो छायाङ्कन भएकाे छ ।

गायक तथा सर्जक केशव अधिकारीको लय तथा शब्द सिर्जनामा तयार पारिएको यस गीतमा अधिकारी स्वयं र गायिका इब्सल सन्ज्यालको सुमधुर आवाज रहेको छ । एरिका डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको सङ्गीत संयोजन (एरेन्ज) सुफिक्स मदनले गरेका हुन्।

उक्त गीतको भिडियोमा गायक केशव अधिकारी र गायिका इब्सल सन्ज्याल स्वयम्‌ले नै मोडलको रूपमा मुख्य भूमिकामा अभिनय गरेका छन् । उमेश कार्कीको कुशल निर्देशनमा बनेको यो भिडियोलाई अनुभवी क्यामेराम्यान मरुभूमि नारायणले क्यामेरामा कैद गरेका छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण भाङ्गे झरनाको आकर्षक दृश्य र मौलिक भाकाको समिश्रण रहेकाले यो गीत तथा भिडियोलाई दर्शक एवं श्रोताले अत्याधिक रुचाउने निर्माण पक्षको विश्वास रहेको छ । भिडियो छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको