भोटेकोशीमा बेपत्ता चालक र गाडी खोज्न १० वटा ड्रोन परिचालन

रसुवा -रसुवाको पासाङ ल्हामु सडक खण्ड अन्तर्गत गोसाइँकुण्ड–५ मा शनिबार साँझ भोटेकोशी नदीमा खसेर बेपत्ता भएको ईभी गाडी र त्यसका चालकको खोजी कार्य दोस्रो दिन झन् तीव्र पारिएको छ।

स्याफ्रुबेँसीबाट बेत्रावतीसम्मको भोटेकोशी तटीय क्षेत्रमा अाइतबर  बिहान ०७:१० बजेदेखि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र अत्याधुनिक प्रविधि प्रयोग गरी खोजी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाको नेतृत्वमा नेपाल प्रहरीका ३८ जना (काठमाडौँबाट ड्रोन र विपद् व्यवस्थापन टोलीसहित), नेपाली सेनाका १५ जना र सशस्त्र प्रहरी बलका ३३ जना गरी जम्मा ८६ जनाको संयुक्त टोली उद्धारमा खटिएको छ।

खोजी कार्यलाई प्रभावकारी बनाउन १० वटा ड्रोन परिचालन गरिएको छ । नेपाल प्रहरीका ३, सशस्त्र प्रहरीका ४, नेपाली सेनाको १, वन डिभिजन कार्यालयको १ र दुसान कम्पनीको १ गरी १० वटा ड्रोनमार्फत १० फरक-फरक स्थानबाट अनुगमन गर्दै चालक र गाडीको खोजी भइरहेको छ।

स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको ईभि गाडी नदीमा खस्दा रसुवा कालिका गाउँपालिका–३ बस्ने २२ वर्षीय चालक सबिन तामाङ गाडीसहित बेपत्ता भएका थिए। घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको