रसुवा — गायक तथा सर्जक केशव अधिकारीको शब्द तथा लयमा तयार गरिएको ‘रसुवामा भाङ्गे झरना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
आइतबार गायक केशव अधिकारीको आधिकारिक युट्युब च्यानलमार्फत गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतमा केशव अधिकारी र गायिका इब्सल सञ्ज्यालको सुमधुर स्वर रहेको छ ।
उत्तरगया गाउँपालिका–२ स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण भाङ्गे झरना क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा गायक अधिकारी र गायिका सञ्ज्याल स्वयंले मुख्य भूमिकामा अभिनय गरेका छन्। गीतमार्फत भाङ्गे झरनाको प्राकृतिक सुन्दरता, रसुवाको पर्यटन सम्भावना तथा स्थानीय मौलिक संस्कृतिलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
एरिका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन (एरेन्ज) सुफिक्स मदनले गरेका हुन्। म्युजिक भिडियोको निर्देशन उमेश कार्कीले गरेका छन् भने छायाङ्कन मरुभूमि नारायणले गरेका हुन् ।
प्राकृतिक दृश्य र मौलिक लोकभाकाको सुन्दर संयोजन रहेको यस गीत तथा म्युजिक भिडियोले रसुवाको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । गायक केशव अधिकारीले गीत सुनेर तथा भिडियो हेरेर आफ्नो सिर्जनालाई माया र साथ दिन सम्पूर्ण दर्शक तथा श्रोतामा अनुरोध गरेका छन् ।
