आठ प्रकारका कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमा अनिवार्य

काठमाडौँ । आठ प्रकारका कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै विपन्न नागरिकलाई प्रदान गरिँदै आएको आठ प्रकारका कडा रोगको उपचार सुविधा प्राप्त गर्न स्वास्थ्य बिमामा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था लागू गर्नु भएको हो ।

यसको लागि असोज मसान्तसम्म सेवाग्राहीलाई स्वास्थ्य बिमा दर्ता गर्नुपर्ने भएको छ । मन्त्रालयले विगतमा विपन्न नागरिकलाई प्रदान गर्दै आएको उपचार सुविधाको भुक्तानी व्यवस्थापन स्वास्थ्य बिमा बोर्डमार्फत हुने गरी विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० (पहिलो संशोधन २०८२) स्वीकृत गरेको थियो।

सो निर्देशिकाको दफा ४ क मा उल्लेख भएअनुसार आठ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमामा बिमित हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको