थाइल्यान्ड – थाई–नेपाल मैत्री संघ र थाइल्यान्डस्थित नेपाली समुदायले महारानी श्रीकिट, द क्विन मदर को निधनप्रति गहिरो दुःख र हार्दिक संवेदना व्यक्त गरेका छन्।
संघले विज्ञप्ति मार्फत महारानी श्रीकिटप्रति श्रद्धाञ्जली अर्पण गर्दै थाइल्यान्ड राज्यका लागि यो ठूलो क्षति भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, “महारानी श्रीकिट थाइल्यान्डमै मात्र प्रिय र आदरणीय व्यक्तित्व होइनन्, उहाँ कृपा, समर्पण र मातृत्वको प्रतीकका रूपमा नेपालको समेत सम्मानित र प्रेरणादायी व्यक्तित्व रहनुभएको छ।”
संघका अनुसार महारानीले आफ्नो जीवन थाई जनताको कल्याण, संस्कृतिको संरक्षण, सामाजिक सेवा र राष्ट्रिय विकासमा समर्पित गर्नुभएको थियो।
थाई–नेपाल मैत्री संघले थाइल्यान्डका राजा महाराजाधिराज, राजपरिवारका सदस्यहरू तथा सम्पूर्ण थाई जनताप्रति गहिरो समवेदना र श्रद्धाञ्जली प्रकट गरेको छ।
