आमाछोदिङ्मो गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा

रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा भएको छ ।

शनिवार गाउँपालिकाले एक विशेष समारोह बिच पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरेको हो ।

उनान्सय प्रतिशत तामाङ समुदाय रहेको गाउँपालिकाको पाँच वटै वडाहरू अनिवार्य तथा निःशुल्क शिक्षा लागू भए सँगै पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको सबै गाउँ, टोल, बस्ती, क्षेत्र भित्र गरिएको सर्वेक्षणमा एक हजार छ सय चौसठ्ठी  तथा चार वर्षदेखि तेह्र वर्षसम्मका विद्यालय उमेर समूहका कुल एक हजार  तीन सय सतचालीस बालबालिकाहरू देखिएको तथा शतप्रतिशत बालबालिकाहरू विद्यालयमा भर्ना भएकोले गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरेको गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो ।

गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्दै गाउँपालिकाका उत्कृष्ट कार्यसम्पादन शिक्षक , आधारभूत तह परीक्षामा उच्च ग्रेड प्राप्त विद्यार्थी र सफल व्यवस्थापन विद्यालयलाई सम्मान तथा पुरस्कृत समेत गरेको छ । यससँगै पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भई घोषणा गरिएसँगै बालश्रम उन्मूलन, बालमैत्री स्थानीय तह, बालविवाहरहित पालिका घोषणा गर्नका लागि धेरै आधारहरू देखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको