सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक दरबन्दी थप्न मन्त्री पुनको निर्देशन

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सबै सामुदायिक विद्यालयमा अनिवार्य रूपमा एकजना कम्प्युटर शिक्षकको दरबन्दी थप्न निर्देशन दिएका छन्।

मंगलबार मन्त्रालयमा आयोजित बैठकमा मन्त्री पुनले विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले हरेक विद्यालयमा कम्प्युटर शिक्षक आवश्यक रहेको बताए।

त्यस्तै, उनले विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएका छन्।
मन्त्री पुनले भने, “केही विश्वविद्यालयले परीक्षा लिएर नतिजा प्रकाशन गर्न ८ महिना देखि १ वर्षसम्म ढिलाइ गर्दा विद्यार्थीलाई अपूरणीय क्षति पुग्ने गरेको छ। त्यसैले अब बढीमा तीन महिनाभित्रै नतिजा प्रकाशन गर्नुपर्नेछ। आदेश उल्लङ्घन गर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिनेछ।”

उनका अनुसार राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाका पाँच लाख विद्यार्थीको नतिजा तीन महिनाभित्रै प्रकाशित गर्ने उदाहरण प्रशंसनीय छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको