रसुवा— उत्तरगया–२ का कराते खेलाडी सजिन अधिकारीलाई तारकेश्वर नगरपालिकाले बधाई कार्यक्रम राखेर सम्मान गरेको छ ।
भारतको गुजरातमा आयोजित २१ औँ डब्लुकेआइ अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिप–२०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण र १ रजत पदक हासिल गर्न सफल खेलाडी सजिन अधिकारीलाई तारकेश्वर नगरपालिकाले बधाई कार्यक्रम राखेर सम्मान गरेको हो ।
बुधबार आयोजित कार्यक्रममा कराते खेल क्षेत्रमा अधिकारीले अंतर्राष्ट्रिय स्तरमा राखिदिएको योगदान र जिल्लाको नाम उजागर गरेको भन्दै नगरपालिकाले प्रशंसा पत्र तथा बधाई प्रदान गरेको हो । अधिकारीले प्राप्त गरेको यो उपलब्धिले स्थानीय तथा राष्ट्रिय खेल क्षेत्रलाई थप प्रेरणा मिल्ने आयोजकले जनाएको छ ।
